शनिबार १२ साउन २०८१

जापान अध्ययनका लागि पुगेका एक नेपाली युवाको हृदयघात भएर असामयिक निधन भएको छ ।

जापान मिए प्रान्तमा बसोबास गर्दै आएका नेपाल लुम्बिनी प्रदेश, दाङ जिल्ला तुलसीपुर घर भएका २४ बर्षिय डिल्लीराज केसीको असामयिक निधन भएको हो ।

प्राप्त जानकारी अनुसार सन् २०१९ अक्टोबरमा जापान आएका केसीले यसै बर्षको सातौं महिनाबाट मात्र कम्पनीमा भिषा परिवर्तन गरेका थिए ।

केसीका गाउँका सन्तोष कँडेलका अनुसार गत महिना मात्र जागिर परिवर्तन गरेका केसी २३ तारिख शनिवार साँझ कम्पनीको बार्षिक भोज बोउनेनकाई पार्टी आयोजनामा सहभागी हुने क्रममा बेहोस भएर ढलेका थिए ।

अचानक गाह्रो भयो भन्दै ढलेका केसीलाई अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकले चेकजाँचका क्रममा केसीको अस्पताल पुर्याउनुपूर्व नै बाटोमा निधन भइसकेको पुष्टि गरेका थिए ।

चिकित्सकहरुले केसीको हृदयघातका कारण निधन भएको बताएको कँडेलले जानकारी दिए ।

कम्पनीले हृदयघातबाट असामयिक निधन भएका डिल्लीराज केसीको शव नेपाल पठाउन आवश्यक सहयोग गर्ने बताएको छ ।

शव भोली डिसेम्बर २० तारिख सिटिस्क्यान सहित पोष्टमार्टम गरेर शव नेपाल पठाउने प्रक्रिया अघि बढाउने भएको छ ।


Last Updated on: December 19th, 2023 at 8:19 pm
३९५० पटक हेरिएको

तपाईको प्रतिक्रिया