शनिबार १२ साउन २०८१

धनगढी : कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।पूर्वपश्चिम राजमार्गअन्तरगत घोडाघोडी नगरपालिका-१ स्थित जंगल रिसोर्ट नजिकै सुपप्र ०१०१० प ५०७० नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका-२ विशाल चोक बस्ने अन्दाजी ३० वर्षीय भोजबहादुर शाहीको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका शाहीको उपचारका क्रममा धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।


Last Updated on: December 20th, 2023 at 8:34 am
४८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया