शनिबार १२ साउन २०८१

बलिउड अभिनेता आमिर खानकी छोरी इरा खान विवाह गर्दै छिन्। उनले आफ्नो प्रेमी नुपुर शिखरेसँग विवाह गर्न लागेकी हुन्।

भारतीय सञ्चार माध्यमहरूका अनुसार उनीहरूले १३ जनावरीमा विवाह गर्दै छन्। उनीहरूको विवाह मुम्बइमा हुने बताइएको छ। विवाहको तयारी सुरु भइसकेको छ।

औपचारिक इन्गेजमेन्ट हुनुअघि नै एक कार्यक्रममा नुपुरले इरालाई विवाहको प्रस्ताव राख्दै औँठी लगाउन लगाएका थिए। त्यसपछि इराले सामाजिक सञ्जालमार्फत आफ्नो इन्गेजमेन्टको घोषणा गरेकी थिइन्।

इरा र नुपुर सन् २०२० देखि प्रेम सम्बन्धमा थिए। नुपुर फिटनेस कोच हुन्।

इरा आमिर खानकी पहिलो पत्नी निर्माता रीना दत्तकी छोरी हुन्।


Last Updated on: December 20th, 2023 at 3:23 pm
७३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया