शनिबार १२ साउन २०८१

अमेरिकाको कनेक्टिकट राज्यको ब्रानफर्ड शहरमा बसोबास गर्दै आउनु भएकी समाज सेवी ज्योती कुमारी श्रेष्ठको सपरिवार नेपालको भ्रमणमा रहदा निधन भएको छ ।

५४ बर्षिय ज्योती कुमारी श्रेष्ठको उपचारकै क्रममा नेपालमा निधन भएको हो । २०२६ साल कार्तिक ११ गते जन्मनु भएकी ज्योति कुमारी श्रेष्ठको निधन २०८० साल पौष २ गते भएको हो ।

उहाको निधनले अमेरिकामा रहेका नेपाली समुदायलाई अत्यन्तै दुखित तुल्याउनुको साथै सबैलाई मर्माहात बनाएको छ । ५४ बर्षकै अल्पायुमा सदाको लागि उहाले सबैलाई छोडेर जानु भएको छ ।

अपत्यारिलो यस असामयिक निधनले सबैलाई आश्चर्य समेत बनाएको छ । स्व ज्योती कुमारी श्रेष्ठ ब्रानफर्ड शहरका सफल व्यवसायी तथा नगरको मूलधारको स्थानीय स्तरमा निर्वाचित नगर परिषद सदस्य तथा बिभिन्न नेपाली संघ/संस्थाका क्रियासिल व्यक्तित्व राम चन्द्र श्रेष्ठकी धर्मपत्नी हुन् ।

उनि पनि स्व ज्योति कुमारी श्रेष्ठ संगै नेपालको भ्रमणमा रहेका छन् ।


Last Updated on: December 20th, 2023 at 3:28 pm
२२९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया