शनिबार १२ साउन २०८१

काठमाडौँ।
दीपेन्द्र के. खनालले निर्देशन गर्ने नेपाली चलचित्र ‘मेयर’मा अभिनेता खगेन्द्र लामिछानेले प्रमुख भूमिका निभाउने भएका छन् । सर्लाहीस्थित बागमती नगरपालिकाका मेयर तथा माओवादी नेता भरत कुमार थापाको जीवनबाट प्रभावित रहने यस चलचित्रमा लामिछानेले मेयरको भूमिका निभाउन लागेका हुन् ।

निर्देशक खनालले बुधवार सोसल मिडियामार्फत यसबारे जानकारी गराएका छन् । आगामी माघबाट बागमती क्षेत्रमै यसको छायाङ्कन गरिने बताइएको छ । यसका निर्माताहरू सागर मैनाली र अर्विसा थापा हुन् ।

मेयर थापाको राजनीतिक उतार-चढाव, उनीमाथि लागेका आरोप र मेयर भएपछि गरेका कामलाई चलचित्रमा प्रस्तुत गरिनेछ ।


Last Updated on: December 20th, 2023 at 5:41 pm
३६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया