शनिबार १२ साउन २०८१

यसअघि जम्मा २० घण्टा मात्रै काम गर्न पाउने सुबिधालाई बढाएर क्यानडा सरकारले क्यानडा गएका विद्यार्थीहरूले अब फुल टाइम काम गर्न पाउने नियम बनाएको छ । फुल टाइम अर्थात बढीमा ४० घण्टाको अवसर दिएसँगै क्यानडा जाने बिद्यार्थीहरुको आर्कषण झनै बढेको छ । यो सुबिधा क्यानडामा ७ डिसेम्बर २०२३ भन्दा अगाडी आवदेन दिएका बिद्यार्थीहरुका लागि हो।

क्यानाडाको अध्यागमन मन्त्रीमा मार्क मिलर मन्त्री बनेसँगै क्यानाडामा आप्रवासी भित्र्याउने कार्यक्रमहरु प्रभावकारी रुपमा लागू गर्दै आएका छन् । २०२२ को तथ्यांक हेर्ने हो भने २६००० नेपाली विद्याथी क्यानाडा अध्यनको लागि गएका छन।

पछिल्लो समय नेपाली विद्याथीमाझ क्यानाडा लोकप्रिय देश बन्दै आएको छ। क्यनडीयन स्टडी सेन्टरकि सिनियर काउन्सलर विद्या बस्नेतका अनुसार यो निर्णयले विद्यार्थीहरूलाई आर्थिक रुपमा सबल बनाउने बताउनु भयो। क्यनडियन स्टडी सेन्टर नेपालमा क्यानाडाको काम गर्ने सबैभन्दा पुरानो सस्था हो। यस सस्था काठमाडौँ , चितवन ,बुटुवल र इटहरीमा फैलिएको छ ।


Last Updated on: December 20th, 2023 at 5:53 pm
९९० पटक हेरिएको

तपाईको प्रतिक्रिया