शनिबार १२ साउन २०८१

काठमाडौँ । मंसिर महिनामा मात्रै नेपालबाट ७१ हजारभन्दा धेरै नेपाली वैदेशिक रोजगारीका लागि विदेश पलायन भएका छन् । बढ्दो बेरोजगारीका कारण मंसिरमा ७१ हजार २७६ जनाले देश छोडेको वैदेशिक रोजगार विभागले जनाएको छ । मंसिरमा नेपालीहरुले संसारका १०८ देशमा वैदेशिक रोजगारीमा जाने भन्दै श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

यसरी विदेशिनेहरुमा ६४ हजार ३ सय ४२ जना पुरुष र ६ हजार ९ सय ३४ जना महिला रहेका छन् ।

मंसिर महिनामा ३६ हजार ८० जनाले पहिलो पटक श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ । विभागको तथ्यांक अनुसार मंसिरमा व्यक्तिगत श्रम स्वीकृति मार्फत ७ हजार ९ सय ९७ जना विदेशिएका छन् भने मेनवापर तथा एजेन्सीमार्फत २६ हजार ३ सय ७५ जना विदेशिएका छन् । जसमध्ये सबैभन्दा धेरै नेपाली दक्षिण कोरिया गएको विभागले जनाएको छ ।

त्यस्तै, वैदेशिक रोजगारीमा जानेमा सबैभन्दा धेरै धनुषा जिल्लाका रहेका छन् । दोस्रोमा झापाबाट नेपाली विदेशिएका छन् भने मोरङ, सिराह, रुपन्देही, महोत्तरी लगायतका जिल्लाबाट धेरै नागरिक विदेश पलायन भएका छन् ।


Last Updated on: December 20th, 2023 at 6:00 pm
३१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया