शनिबार १२ साउन २०८१

काठमाडौँ । युक्रेनी जेलमा ४ नेपाली रहेको सरकारले पुष्टि गरेको छ ।

परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै युक्रेनमा चार जना नेपाली बन्दी अवस्थामा रहेको जनाएको हो ।

युक्रेनी जेलमा रहनेमा बर्दियाको राजापुर गाउँपालिका-१ का विवेक खत्री, काभ्रेको मण्डन देउपुर नगरपालिका-६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ नगरपालिका-२ का विकास राई र रोल्पाको रुन्टीगढी गाउँपालिका-८ का प्रतीक पुन रहेका छन् ।

सरकारले युक्रेनमा बन्दी बनाइएका यी चार जना नेपालीलाई फिर्ता पठाउन युक्रेनी सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरेको छ ।

यस्तै उनीहरुको रिहाइ र नेपाल फिर्तीको लागि रेडक्रसको अन्तर्राष्ट्रिय संस्था र अरू माध्यमबाट पनि कूटनीतिक पहल गरिएको मन्त्रालयले जनाएको छ ।


Last Updated on: December 21st, 2023 at 7:58 am
३१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया