शनिबार १२ साउन २०८१

शरीरको भित्री सौन्दर्य ताजगी बनाउन त उसको स्वास्थ्य राम्रो हुनु जरुरी छ । शरीरभित्र हुने थुप्रै समस्यामध्ये एक समस्या हो, ‘कब्जियत’ ।जसलाइ अंग्रेजीमा ‘कन्सटिपेसन’ पनि भनिन्छ । कब्जियत पाचन प्रणालीसँग जोडिएको एउटा यस्तो समस्या हो, जुन हरेक उमेर वर्गका मानिसमा हुन सक्छ । यस अवस्थामा भएका मानिसले केही घरेलु उपचार अपनाएर आफ्नो स्वास्थ्यमा सुधार ल्याउन सक्छन् ।

१.अत्यधिक पानी पिउने थोरै मात्रामा पानी पिउनाले कब्जियत हुन सक्छ । यो समस्यामा आन्द्रामा जम्मा भएको खाना सुक्छ, त्यसैले दिसा गर्न अत्यधिक बल लगाउनुपर्छ । यस्तो समस्या भएका व्यक्तिले बढी मात्रामा पानीको सेवन गर्नुपर्छ । एक दिनमा करिब ३–४ लिटर पानीको सेवन गर्ने बानी बसाल्नुपर्छ । खाना खानुभन्दा आधा घन्टाअघि वा पछि मात्र पानी पिउने बानी बसाल्नुपर्छ ।

२. मेवा र अम्बा खाने कब्जियतको समस्या छ भने मेवा र अम्बा खानुपर्छ । दुवै फलमा भएको गुणले हाम्रो पेटलाई फाइदा गर्छ ।
३. तामाको भाँडामा राखेको पानी पिउने तामाको भाडामा एक चम्चा त्रिफला पानीसँग मिसाएर रातभरि राख्ने र बिहान पानी छानेर पानी पिउनुपर्छ । यो बानी दिनहुँ गर्नाले पुरानोभन्दा पुरानो कब्जियतबाट पनि मुक्ति मिल्छ ।
४. बदामको तेलबदामको तेल पनि कब्जियतको समस्यामा एकदमै लाभदायक हुन्छ । यसले आन्द्राको कार्यक्षमता बढाउने काम गर्छ । राति सुत्नुभन्दा अघि दूधमा एक चम्चा बदामको तेल मिसाएर पिउनुपर्छ । १५ दिनसम्म लगातार यो उपाय लागू गरेमा कब्जियत ठीक हुन्छ ।

५. कागती पानीएक चम्चा मनतातो पानीमा एउटा कागती निचोरेर पिएमा आन्द्रामा जम्मा भएको मल बाहिर निष्काशन गर्न मद्दत मिल्छ ।
६. तातो दूधरातिमा तातो दूध पिएर सुत्नुपर्छ । यदि आन्द्रामा मल टाँसिएर बसेको छ भने दूधमा क्यासटर तेल मिलाएर पिउनुपर्छ ।
७. रेसायुक्त खानेकुरारेसादार खानेकुरा खानुपर्छ । हरियो सागसब्जी, फलफूल वा सलादमा अत्यधिक मात्रामा फाइबर पाइन्छ । कब्जियतबाट छुटकारा पाउन पालकको जुस पनि लाभदायक हुन्छ ।

८. सुक्खा अंगुर (दाख)१०–१२ वटा सुक्खा अंगुर दूधमा मिलाएर उमाल्ने र राति सुत्नुअघि पिउनुपर्छ । बिहान हुन्जेल कब्जियत खुल्छ ।९. सुन्तला८–१० दिनसम्म लगातार बिहानपख खाली पेटमा सुन्तला या सुन्तलाको जुस पिउनाले कब्जियत ठीक हुन्छ । तर, जुसमा केही पनि नमिलाई खानुपर्छ ।
१०. व्यायामदिनहुँ व्यायाम गरेमा कब्जियतको समस्याबाट छुटकारा मिल्छ ।


Last Updated on: December 21st, 2023 at 8:52 am
६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया