शनिबार १२ साउन २०८१

यो उडन्ते चर्चा होइन । अभिनेत्री विपना थापाका श्रीमान् आशुतोष भारद्वाजले नै डिभोर्स भएको उल्लेख गरेका हुन् । उनले बुधबार बिहान साढे ११ बजे फेसबुकमा स्टाटस लेख्दै विपनासँग आफ्नो डिभोर्स भएको बताएका थिए । तर, करिब १५ मिनेटपछि उनले उक्त स्टाटस हटाए । उनले विपनाको एक तस्वीर पोस्ट गर्दै हिन्दीमा लेखेका थिए, ‘मेरा और विपना थापाका तलाक हो चूका हे ।’

तर, आशुतोषले लेखेको स्टाटसमा विश्वास गर्ने आधार देखिँदैन । उनले पुष ३ गते मंगलबार मात्र फेसबुकमा विपना र छोरासँगको एक तस्वीर राख्दै ‘माई लभ’ भनेर हार्टको इमोजी राखेका छन् । त्यस्तै, दुई दिनअघि उनले काठमाडौंको एक होटलमा नेपालका फोटोग्राफर राजभाई सुवालसँग एक नेपाली गीतमा नाचेको भिडियो पनि सेअर गरेका छन् । अर्थात् यतिबेला उनी नेपालमा छन् ।

विपना र आशुतोषको फेसबुक हेर्ने हो भने उनीहरु आफन्तको विवाह समारोहमा सहभागी हुन नेपाल आएको देखिन्छ । विपनाले नेपाल आएयता निरन्तर रुपमा फेसबुकमा आशुतोष र छोरासँगका तस्वीर तथा भिडियोहरु फेसबुकमा सेअर गरेकी छन् । जसले गर्दा विपना र आशुतोषको डिभोर्स भएको विश्वास गर्न कठीन छ । तर, विपनाका श्रीमानको स्टाटसले धेरैमा चासो उब्जाएको छ ।

आशुतोष भारतीय नागरिक हुन् । उनी पेशाले चिकित्सक हुन् भने भारतीय कांग्रेस पार्टीबाट राजनीतिमा पनि सक्रिय छन् । उनी नेपाली फिल्म ‘वरमाला’को निर्माता समेत हुन् । यही फिल्मको क्रममा विपना र आशुतोषबीच प्रेम अंकुराएको थियो । र, पछि दुवै विवाह बन्धनमा बाँधिए । विवाहपछि भारतमै बस्दै आएकी विपना फिल्म ‘ह्रस्व दीर्घ’बाट एक दशकपछि अभिनयमा फर्किँदैछिन् ।


Last Updated on: December 21st, 2023 at 10:43 am
२७७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया