शनिबार १२ साउन २०८१

काठमाडौँ । संस्कृति तथा पर्यटन मन्त्री सुदन किरातीको अभिव्यक्ति अहिले चौतर्फी विरोध भइरहेको छ ।

‘कृष्चियन नमान्ने संविधान विरोधी हुन्, उनीहरुलाई जेल हाल्नुपर्छ’ भन्ने मन्त्री किरातीको अभिव्यक्तिलाई लिएर अहिले चौतर्फी विरोध भइरहेको हो ।

यसैबीचमा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले पनि मन्त्री किराँतीले त्यो अभिव्यक्ति फिर्ता लिन र तत्काल पदबाट राजीनामा दिन माग गरेका छन् ।

‘संस्कृति मन्त्री सुदन किरातीको पछिल्लो अभिव्यक्ति,सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमा विपरीतको र अत्यन्तै खेदजनक छ,’ उनले भनेका छन्, ‘यस्तो गैर जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृति मन्त्रीजस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ? प्रधानमन्त्रीज्यू, गम्भीर ध्यानाकर्षण होस् ।’


Last Updated on: December 21st, 2023 at 2:01 pm
२२५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया