शनिबार १२ साउन २०८१

काठमाडौँ, । चर्चित पाकीस्तानी टिकटकर तथा मोडेल डा.एलिया सोयव नेपाल आएकी छन् ।

टिकटकमा एक करोड १५ लाख फलोअर्स रहेकी एलियाको स्न्यापच्याटमा एक करोड ५० लाख, इन्टाग्राममा ५ लाख, युट्युवमा एक लाख सस्क्राइबर रहेका छन् । उनी चिकित्साशास्त्रकी विद्यार्थी हुन् ।

चर्चित नेपाली गायक सुरेश लामाको टिकटक जोडीको रुपमा टिकटकमा आएर सुरेशको गायन र एलियाको अभिनय र साथको कारण नेपाली फ्यानहरुमाझ पनि अति नै लोकप्रिय डा.एलिया साएव परिवारसहित नेपाल घुम्न तथा म्युजिक भिडियोमा अभिनय गर्न साथै आफ्ना नेपाली फ्यान फलोअर्ससँग भेट्न आएकी हुन् ।

नेपाली संगीत क्षेत्र र सुरेश लामालाई विश्व मञ्चमा पु¥याउने बताउँदै सोही अनुसार उनले साथ सपोर्ट गर्दै आएकी छन् । डा.एलिया नेपालीलाई अति नै माया गर्ने पाकिस्तानी सेलिब्रेटी हुन् । उनलाई एयरपोर्टमा सयौँको संख्यामा रहेका नेपाली समर्थकहरुले स्वागत गरेका थिए । डा.एलियाले नेपाली , पाकिस्तानी, बंगलादेशी, भारतीय समर्थक तथा फलोअर्स समेटेर अलरेस परिवार पनि बनाएकी छन् ।

जसमार्फत जाजरकोटका भुकम्पपीडितहरुका लागि रु बीस लाख भन्दा बढीको राहत सामग्री सदस्यहरु तथा सुरेश लामा आफैँ गएर बाँडेका थिए । अलरेस फ्यामेली टिकटक जगतकै बलियो र सृजनशील परिवारको रुपमा चिनिन्छ । एलियाको एएल र सुरेशको आरइएसएच शब्द जोडेर बनेको अलरेस परिवार चाँडै नै अलरेस इन्टरनेशनलको रुपमा विश्वभरी फैलिने क्रममा रहेको अलरेस परिवारका सक्रिय सदस्य तिर्थ आचार्यले बताए।

नेपाललाई संगीतको माध्यामबाट विश्वभरी चिनाउने, एलियाले नेपाली प्रति देखाएको साथ सपोर्ट, माया र करुणालाई विश्व मानव जातिमा बाँड्ने उद्दश्यका साथ अघि बढेको अलरेस परिवारका अर्का सक्रिय सदस्य सुजेश लामाले बताए । डा.एलिया १५ दिन नेपाल रहने छिन् ।


Last Updated on: December 21st, 2023 at 3:27 pm
८९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया