शनिबार १२ साउन २०८१

पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका यात्रुले खोलिदिए पछि केही समय उडान प्रभावित बनेको छ।

बिहान ९ बजे पोखराबाट काठमाडौं उड्न लागेको उडान नं. ६५२ को जहाजको आकस्मिक ढोका यात्रुले अकस्मात खोलिदिए पछि उडान प्रभावित बनेको हो।

बुद्ध एयरको पोखरा व्यवस्थापक गौतम बरालले विमान ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको समय अगाडीको आकस्मिक ढोका यात्रुले अकस्मात खोलिदिएको नागरिक न्यूजलाई बताए।

यात्रुसँग सोधपुछ गर्दा आफूले यत्तिकै खोलेको भनेर जवाफ दिएको बरालले बताए।

उनले केही समय उडान प्रभावित भएपनि १०ः २० को अर्को उडानबाट यात्रुहरूलाई काठमाडौँ पठाइएको जानकारी दिए।

उनले बिहानको उडान केही समय प्रभावित भएपनि अहिले भने नियमित उडान भइरहेको जानकारी दिए।

यात्रुले ढोका खोलेको ठोस कारण भने नदिएको र हाल उनलाई विमानस्थलको टर्मिनलका सुरक्षाकर्मी र कर्मचारीले सोधपुछ गरिरहेको पनि बरालले बताए।


Last Updated on: December 21st, 2023 at 3:32 pm
१६२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया