शनिबार १२ साउन २०८१

काठमाडाैं । मन्त्रिपरिषद्ले गरेकाे निर्णय अबज्ञा गर्दै तीन इन्टरनेट सेवाप्रदायकले काठमाडाैंबाहिर टिकटक खुलाएका छन् ।

अदालतमा मुद्दा विचाराधीन रहेकाे अवस्थामै आज वर्ल्डलिंकसहित तीन आइएसपीले आफुखुशी टिकटक खुलाएका हुन् ।

स्राेतका अनुसार वर्ल्डलिंक, डिसहाेम फाइबरनेट र ब्राेडलिंकका उच्च अधिकारीकाे अनौपचारिक वैठक आज काठमाडाैंमा बसेकाे थियाे ।

साे वैठकले काठमाडाैं बाहिरका चार ठाउँमा रहेका लाेकल सर्भरबाट टिकटक खुलाउने निर्णय गरेकाे स्राेतले बतायाे । त्यसलगत्तै तीनवटै आइएसपीका ग्राहकहरूकाे डिभाइसमा टिकटक चल्न थालेकाे छ ।

काठमाडाैंमा भने तत्काल नखाेल्ने रणनीति छ । काठमाडाैंमा खाेल्दा सरकारी निकायकाे ध्यान जाने र कारवाहीमा परिने डरले यस्ताे निर्णय लिइएकाे स्राेतकाे भनाइ छ ।

टिकटक प्रतिवन्धविरूद्धकाे मुद्दा सर्वाेच्चमा विचाराधीन रहेकाे छ । आइएसपीहरूले आफूखुशी टिकटक खुलाएर सरकारलाई ठाडाे चुनाैति दिएका छन् ।


Last Updated on: December 21st, 2023 at 3:48 pm
९४०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया