शनिबार १२ साउन २०८१

नायक अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘फर्की फर्की’को एक तस्विर निर्माता रोहित अधिकारीले सार्वजनिक गरेका छन् । जेठको ११ गतेबाट रिलिजमा आउन लागेको यो तस्विर हेर्दा अनमोलको चकलेटी अवतार छल्किएको छ । बाइकमा कुँदिरहेका अनमोलको यो तस्विरले पनि फिल्मप्रति दर्शकको कौतूहलता बढाउन सक्छ ।

सुयोग गुरुङको निर्देशनमा तयार भइरहेको यो फिल्मको छायांकन पोखरामा भइरहेको छ । फिल्ममा अनमोल केसीको साथमा जसिता गुरुङ, निर्मल शर्मा, कृष्ण मल्ल, रवि काफ्ले, समृद्धी अर्याल लगायतका कलाकारको अभिनय छ ।

यो फिल्मको पोखराको छायाङ्कनपछि काठमाडौं, मुस्ताङ र इन्डोनेसियाको बालीमा छायांकन हुनेछ ।

फिल्मलाई ठूलो क्यानभासमा खिचिएको निर्माणपक्षले बताएको छ । फिल्मका लागि नायक अनमोल केसीले खुबै मिहिनेत गरिरहेका छन् ।


Last Updated on: December 22nd, 2023 at 8:03 am
५६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया