शनिबार १२ साउन २०८१

काठमाडौँ । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको उपचारार्थ करिब १० लाख रुपैयाँ उपलब्ध गराएको छ । पछिल्लो पाँच महिनामा राष्ट्रपतिको उपचारका लागि सरकारले ९ लाख ९५ हजार ९ सय ३५ रुपैयाँ उपलब्ध गराएको हो ।

चालु आर्थिक वर्ष २०८० साउनदेखि मंसिरसम्म राष्ट्रपतिको उपचारका लागि सो रकम उपलब्ध गराइएको आर्थिक सहायता विवरणमा उल्लेख छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको परिश्रमी तथा सुविधासम्बन्धी ऐन २०७४ अनुसार उपचारको लागि सो रकम उपलब्ध गराइएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका अनुसार अर्थबाट करिब १० लाख रुपैयाँ राष्ट्रपतिको उपचारका लागि भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निकासा गरी खर्च गरिएको हो ।

गत आर्थिक वर्षमा मात्रै सरकारले राष्ट्रपति पौडेलेको उपचारका लागि भन्दै ५५ लाख रुपैयाँ उपलब्ध गराएको थियो ।


Last Updated on: December 22nd, 2023 at 8:37 am
२२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया