शनिबार १२ साउन २०८१

नायक रमेश उप्रेतीले दरबार हत्याकाण्डमा दीपेन्द्र शाहको हात रहेको ठोकुवा गर्दा नायिका आँचल शर्माले भने सम्हालिएको जवाफ दिएकी छिन् ।

यो विषयमा कुरा गर्दै आँचलले भनिन्–‘राजदरबारमा घटना घट्दा म सानै थिएँ । मेरो बुबा पशुपति जानु भएको थियो । घरमा बुबा रोएको याद छ । घरबाट मानिसहरू निस्किएको पनि थाहा छ । जसको घरमा जो–जो बित्नुभएको छ नी, त्यो उहाँहरूका लागि ठूलो कुरा हो । नराम्रो घटना घटेको हो नी । उहाँहरू चुप लाग्नुको कारण पनि केही छ जस्तो मलाई लाग्छ । यसैले, यहाँ यस्तो गम्भीर विषयमा हलुका रुपमा छलफल गर्नुपर्छ जस्तो मलाई लाग्दैन ।’

आँचलले अगाडि भनिन्–‘यो विषयमा पहिलो राम्रोसँग जान्न आवश्यक छ । यसपछि कतै बसेर यसको बारेमा गम्भीर रुपमा छलफल गरौँला । हलुका रुपमा कुरा नगर्दा नै राम्रो होला ।’

आँचलले नयाँ फिल्म ‘राजमहल’मा काम गर्दैछिन् । यही फिल्मको पत्रकार सम्मेलनमा राजदरबार हत्याकाण्डको विषयमा पत्रकारहरूले प्रश्न सोधेका थिए । तर, रमेश उप्रेतीले चर्चामा आउनकै लागि विवादस्पद बयान दिँदा आँचलले भने सम्हालिएको जवाफ दिएकी छिन् ।


Last Updated on: December 22nd, 2023 at 2:01 pm
७०० पटक हेरिएको

तपाईको प्रतिक्रिया