शनिबार ०२ आषाढ २०८१

काठमाडौं । सन् २०२२ को कोरियाली भाषा परीक्षामा उत्पादनमूलक (म्यानुफ्याक्चरिङ) क्षेत्रका लागि उत्तीर्ण भएकी सिन्धुलीकी देवकुमारी रानाले हालै आफ्नो क्षेत्र परिवर्तन गर्न आवेदन दिएकी छन्।

भूपरिवेष्टित देश नेपालमा जन्मिएकी र समुद्रमा नपुगेकी भए पनि आवेदन स्वीकृत भए अब एक महिनाभित्र उनी पानीजहाज बनाउने कम्पनीमा काम गर्न दक्षिण कोरिया पुग्नेछिन्।

“भाषा परीक्षामा पास त भइयो तर जागिरको ग्यारेन्टी नहुने रहेछ, अहिले ‘सेक्टर’ परिवर्तन गर्दा कोरिया पुग्ने अवसर बढी हुने बुझेपछि मैले पानीजहाज बनाउने कम्पनीतर्फ जान आवेदन दिएकी हुँ,” उनले बीबीसीसँग भनिन्।

“केटी मान्छेले पनि केटाले जस्तै जुनसुकै क्षेत्रमा काम गर्न सक्छन् जस्तो लाग्छ मलाई, त्यसैले पनि मैले ‘सेक्टर’ ‘चेन्ज’ गर्न खोजेको हो।”

गत वर्ष तेस्रो पटक भाषा परीक्षा पास गरेका र पहिले एक पटक कोरिया पुगेर उत्पादनमूलक क्षेत्रमै काम गरिसकेका म्याग्दीका पूर्णबहादुर थापाले पनि हालै ‘शिपबिल्डिङ’ अर्थात् पानीजहाज बनाउने कम्पनीमा काम गर्नका लागि आवेदन दिएका छन्।

उनी भन्छन्, “पहिले हुन्डाई गाडी कम्पनीका लागि पार्टपुर्जा बनाउने कम्पनीमा काम गरेर सन् २०१७ मा नेपाल फर्किएको थिएँ। अब नयाँ क्षेत्र खुल्यो भनेपछि मलाई त्यसैमा जान मन लागेर निवेदन दिएको हुँ।”

उनका अनुसार हालसम्म कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा मात्र कामदार लिइरहेको थियो।

यसपालि भने कोरियाले नेपालबाट करिब तीन हजार कामदारलाई पानीजहाज निर्माण क्षेत्रमा लिने भएको हो।

“यसपालि शिपबिल्डिङमा पनि लाने भनेर कोरियाबाट आयो। यो पहिलो पटक भएकाले हामीले म्यानुफ्याक्चरिङतर्फको ‘रोस्टर’मा भएकामध्ये एक हजार दुई सय १० जनालाई क्षेत्र परिवर्तनका लागि आह्वान गरेका थियौँ,” उनले भने।

“त्यसमध्ये बिहीवारसम्म ७२६ जनाले क्षेत्र परिवर्तनका लागि आवेदन दिनु भएको छ।”

ईपीएस शाखाका अनुसार यसरी क्षेत्र परिवर्तन गर्नका लागि शुक्रवारसम्मको समय दिइएको छ।

तलब कति हुन्छ?
नेपालले सन् २००८ देखि सरकार-सरकारबीचको समझदारी अन्तर्गत ईपीएस प्रणालीबाट कामदार पठाउदै आएको छ।

त्यसका लागि सुरुमा नेपालीहरूले कोरियाली भाषा परीक्षामा सहभागी भएर उत्तीर्ण हुनुपर्छ।

त्यसरी उत्तीर्ण भएका मध्येबाट विभिन्न खाले मूल्याङ्कनको आधारमा कामदारहरू कोरिया जान पाउँछन्।

ईपीएस प्रणालीमा कामदार छान्ने कार्यमा कोरियालीहरू नै प्रत्यक्ष रूपमा सामेल हुने गर्छन्।

त्यसरी गएका नेपाली कामदारको अहिले न्यूनतम तलब मासिक करिब दुई लाख रुपैयाँ रहेको कटुवाल बताउँछन्।

“न्यूनतम मासिक तलब करिब दुई लाख रुपैयाँ नेपाली हुन्छ तर कम्पनी अनुसार त्यसभन्दा माथि तलब पन हुने गर्छ,” उनले भने।

तलब कति हुन्छ?
नेपालले सन् २००८ देखि सरकार-सरकारबीचको समझदारी अन्तर्गत ईपीएस प्रणालीबाट कामदार पठाउदै आएको छ।

त्यसका लागि सुरुमा नेपालीहरूले कोरियाली भाषा परीक्षामा सहभागी भएर उत्तीर्ण हुनुपर्छ।

त्यसरी उत्तीर्ण भएका मध्येबाट विभिन्न खाले मूल्याङ्कनको आधारमा कामदारहरू कोरिया जान पाउँछन्।

ईपीएस प्रणालीमा कामदार छान्ने कार्यमा कोरियालीहरू नै प्रत्यक्ष रूपमा सामेल हुने गर्छन्।

त्यसरी गएका नेपाली कामदारको अहिले न्यूनतम तलब मासिक करिब दुई लाख रुपैयाँ रहेको कटुवाल बताउँछन्।

“न्यूनतम मासिक तलब करिब दुई लाख रुपैयाँ नेपाली हुन्छ तर कम्पनी अनुसार त्यसभन्दा माथि तलब पन हुने गर्छ,” उनले भने। बीबीसी नेपालीबाट लिइएको हो ।

Last Updated on: December 22nd, 2023 at 2:14 pm
२०७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया