शनिबार १२ साउन २०८१

मेष : चन्द्रमा दाइने भएकाले दिन राम्रो छ। मन प्रशन्न रहने छ। भौतिक र आध्यात्म दुवैतर्फ ध्यान जानेछ। शिक्षा क्षेत्रमा सफलता मिल्ने देखिन्छ। प्रेम सम्बन्धमा भने खटपट हुनसक्छ।

वृष : तपाईंका व्यवहारिक क्षेत्र अब्बल छन्। वर र पिपलमा जल चढाएर काम थालेमा दीर्घकालसम्म त्यो काम प्रभावकारी हुन्छ। सबै क्षेत्र सबल भए पनि वैदेशिक क्षेत्रबाट राम्रो नतिजा प्राप्त नहुन सक्छ।

मिथुन : शिक्षा र स्वास्थ्य क्षेत्र सबल छन्। पारिवारमा खुसी मिल्नेछ। प्रेम सम्बन्धमा मधुरता रहने योग छ। व्यापार गर्दा फाइदा हुने देखिन्छ।

कर्कट : दिन सामान्य छ। वैदेशिक क्षेत्रमा गरेको लगानीले उत्साह थपिने छ। प्रेम सम्बन्धमा धोका हुने भएकाले सचेत हुनु राम्रो हुन्छ। जुनसुकै काममा पनि परिवारको साथ मिल्नेछ।

सिंह : आजको दैनिकी सामान्य छ। शिक्षा र स्वास्थ्य क्षेत्र सबल भए पनि आर्थिक क्षेत्रमा झुक्याउने भेटिन सक्छन्। आर्थिक व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। पारिवारिक सम्बन्ध सुमधुर हुनेछ।

कन्या : सोझो पनको लाभ अरुले उठाउने भएकाले चनाखो हुनुपर्ने देखिन्छ। पारिवारिक सम्बन्धमा कुरा काट्ने मान्छे बढ्ने छन्। स्वास्थ्य र शिक्षा क्षेत्रमा राम्रो छ।

तुला : दिन सामान्य राम्रो छ। आर्थिक र शैक्षिक क्षेत्र सबल देखिन्छन्। उन्नतिका लागि घरमा छलफल गर्नु महत्त्वपूर्ण हुन्छ। सामाजिक प्रतिष्ठा बढ्ने देखिन्छ। परिवारको सहयोग लिएर कामको सुरुवात गर्नु राम्रो हुन्छ।

वृश्चिक : वैदेशिक क्षेत्रमा लगानी नगर्नु राम्रो हुन्छ। व्यवहार गर्न नजान्दा पारिवारिक मनमुटाव हुनेछ। व्यापार व्यवसायमा लगानी गर्नु अघि सचेत हुनुपर्ने देखिन्छ। दिन राम्रो नभएकाले काम गर्नु अगाडि सोच्नु राम्रो हुन्छ।

धनु : दिन राम्रो छ। आर्थिक क्षेत्र सबल छ। नाम र दामको चर्चा हुने देखिन्छ। आज बोल्दा विशेष ख्याल गर्नुपर्ने हुन्छ। आफ्नै बोलीका कारण पारिवारिक झमेला आइपर्ने हुनसक्छ।

मकर : दिन सामान्य छ। गुरुको गाली खानुपर्ने देखिन्छ। खर्च बढ्नसक्छ। आज यात्रा नगर्नु राम्रो हुन्छ। खानपानका कारण अरुले कुरा काट्नेछन्। परिवारबाट सहयोग मिल्नेछ।

कुम्भ : शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। कुनै नराम्रो खबरले दु :खी बनाउने योग रहेको छ। काम गर्नुपर्दा परिवारबाट सहयोग मिल्नेछ।

मीन : तपाईंका लागि समय राम्रो छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा चनाखो हुनुपर्ने देखिन्छ। दाम्पत्य सम्बन्ध सुमधुर हुनेछ। प्रेममा सफलता मिल्नेछ। आर्थिक क्षेत्र सबल बन्ने योग छ।


Last Updated on: December 23rd, 2023 at 6:46 am
६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया