शनिबार १२ साउन २०८१

चर्चित टिकटकर मिस पवि (पवित्रा शाँकी) ले ‘राजमहल’ बाट फिल्ममा डेब्यु गर्ने भएकी छन्। सविनकुमार तोलांगीको आगामी फिल्म ‘राजमहल’ बाट मिस पविले गर्न लागेकी हुन्।

टिकटकबाट मिस पविको नामले चर्चामा आएकी उनले यसअघि म्युजिक भिडियोहरु गरिसकेकी छिन्।

डडेलधुरा घर भएकी उनले डोटेली भाषा बोलेर टिकटकमा चर्चा बटुलेकी थिइन्। नौलो भाषा र आकर्षक लवजका कारण टिकटकमा उनलाई लाखौँले मन पराएका थिए।

फिल्म ‘राजमहल’ मा दरबारको कथा समेटिने निर्माण पक्षले बताएको छ। सबिन कुमार तोलाङ्गीको डेब्यु निर्देशन रहने सिनेमामा अभिनेत्री आँचल शर्मा पृथक भूमिकामा देखिदैछिन।

करिब चार करोड बजेटमा बन्ने भनिएको सिनेमाको माघ पहिलो साता देखि अष्ट्रेलियाबाट छायांकन सुरु गर्दै न्युजिल्यान्ड सम्म पुगेर केही सिन खिचिने छ भने बाँकी ७० प्रतिशत छायांकन नेपालमा गरिने बताइएको छ।


Last Updated on: December 23rd, 2023 at 7:20 am
६०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया