बिहिबार ३१ जेठ २०८१

काठमाडौं : वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनकुटाको धनकुटा उपमहानगरपालिका–७ घर भई हाल भक्तपुर सूर्यबिनायक–१३ बालकोट बस्ने वर्ष २५ को प्रदिप बुढाथोकी रहेका छन्। उनले कल्पना विश्वकर्मालाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति सात लाख ५० हजार रुपैयाँ लाग्छ, पोल्याण्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक एक लाख २० हजार रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट १ लाख ८० हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भएका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बुढाथोकीको खोजतलास गर्ने क्रममा काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो। थप अनुसन्धान तथा कारकाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।


Last Updated on: December 23rd, 2023 at 7:22 am
५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया