शनिबार १२ साउन २०८१

काभ्रे । काभ्रेमा आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ परेका छन् । नाबालिग छात्रा बलात्कारको आरोपमा पाँचखाल नगरपालिका ६ स्थित जोरपाटी माविका प्रधानाध्यापक गणेशमान गुरूङ र विज्ञान शिक्षक मच्छेनारायण श्रेष्ठ पक्राउ परेका हुन् ।

कक्षा ९ मा पढ्ने एक छात्रालाई बलात्कार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको काभ्रे प्रहरीले जनाएको छ । सामाजिक सञ्जालमार्फत घटनाबारे थाहा पाएपछि पीडित बालिकाका साथीहरूले आइतबार नगरपालिकालाई खबर गरेका थिए ।

आइतबार नै विद्यालय पुगेका जनप्रतिनिधिले घटनाबारे बुझेपछि प्रधानाध्यापक र विज्ञान शिक्षकलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका हुन् । विज्ञान शिक्षक श्रेष्ठले दसैंतिहारको बीचको बिदाको समयमा बालिकालाई ललाइफकाई बनेपा लगेर बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ ।

त्यसपछि विद्यालयका प्रधानाध्यापकसहित अन्य शिक्षकले पनि बालिकालाई सामाजिक सञ्जालमार्फत अश्लील र आपत्तिजनक म्यासेज पठाउने गरेका थिए ।

पीडित पक्षले दुवै शिक्षकविरूद्ध आइतबार नै जाहेरी दिएका छन् । घटनाबारे अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ ।


Last Updated on: December 25th, 2023 at 4:00 pm
५०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया