शनिबार १२ साउन २०८१

भारतिय सार्प सुटर सुजित सिंहलाई बारा प्रहरीले मंगलबार राति नियन्त्रणमा लिएको छ । उनी भारतको मोतिहारी जिल्लास्थित दर्पा थाना–१, सुक्लहियाका हुन् ।

सिंहलाई बारा प्रहरीले एक थान पेस्तोल र ५ थान गोलीसहित पक्राउ गरेको हो । विश्रामपुर गाँउपालिका वडा नं ३ मा देखिएका उनलाई प्रहरीले पक्राउ गर्न खोज्दा भागेपछि खुट्टामा गोली हानेर पक्राउ गरिएको बाराका एसपी सुरेश काफ्लेले बताए ।

सिंहको दुवै खुट्टामा गोली लागेको छ । गत असोजको दोश्रो हप्ता कलैयामा मोटरसाईकलमा आएका उनले बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारलाई गोली प्रहार गरी हत्या गरेकाे आराेप छ ।

सुजित सिंहसहित अन्य तीन जना मिलेर स्वर्णकारको हत्या गरेकाे खुलेकाे थियाे । खुट्टामा गोली लागेका सिंहकाे कलैया अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सार्प सुटरका नामबाट परिचित सिंह यसअघिका बाराका दुई घटनाका समेत संलग्न रहेको प्रहरीकाे दाबी छ । घटनाको छानबिन भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।


Last Updated on: December 27th, 2023 at 8:21 am
१३३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया