आइतबार १० आषाढ २०८१

अभिनेत्री बिपना थापा नेपाली फिल्म अभिनयमा फर्किएकी छिन् । उनी फिल्म ‘ह्रस्व दीर्घ’ मार्फत १३ वर्षपछि अभिनयमा फर्किएकी हुन् । उक्त फिल्मको हाल चितवनमा छायाङ्कन भइरहेको छ ।

१३ वर्षपछि फिल्म अभिनयमा फर्किदा आफू भावुक बनेको उनले बताइन् । मेकअप गर्दै गरेको अवस्थामा बाहिरिएको एक तस्बिरमा उनको आँखामा आँसु झल्किएको देखिन्छ ।

चन्द्र पन्तको निर्देशन रहेको फिल्म अभिनेत्री नीता ढुंगानाले निर्माण गरेकी हुन् । लामो समयपछि फिल्म अभिनयमा जोडिदा डेब्यु फिल्म झै अनुभूति भएको उनले मिडिया प्रतिक्रिया दिएकी छिन् ।


Last Updated on: December 28th, 2023 at 8:33 am
८४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया