शनिबार १२ साउन २०८१

अध्ययन तथा रोजगारीका लागि विदेश जाने र शान्ति सेना मिशनामा जानेले ३ दिनमा नै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पाउने भएका छन्। यातायात व्यवस्था विभागले बुधबार एक सुचना जारी गर्दै विदेश जानेलाई ३ दिनमा नै लाइसेन्स दिने व्यवस्था मिलाएको जनाएको छ।

जसका लागि विभागको अनलाईन सवारी चालक अनुमतिपत्र प्रणालीको पोर्टल (https://applydinew.dotm.gov.np) मा आवेदन दिनु पर्ने हुन्छ। ‘दिएको निवेदन स्वीकृत भएको मितिदेखि ३ कार्य दिनभित्र प्राविधिक समस्या आएन भने स्मार्ट कार्ड छपाई गरी यस विभागको सहायता कक्षबाट वितरण हुनेछ|’ सुचनामा भनिएको छ ।

लाइसेन्स लिन जादा उक्त पोर्टलमा अपलोड गरेका कागजातहरुको सक्कल प्रति र अनलाईन निवेदनको प्रिन्ट लिईर मात्र जानु पर्ने विभागले जनाएको छ।

हेर्नुस् सूचना :


Last Updated on: December 28th, 2023 at 8:48 am
१२१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया