काठमाडौं । बिहीबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
सुनको मूल्य तोलामा एक लाख २२ हजार रुपियाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख २० हजार सात सय रुपियाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २१ हजार चार सय रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ९० रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस दुई हजार ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।