शनिबार १२ साउन २०८१

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएका छन् ।

बिहीबार मेयर साम्पाङले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्वीर हटाएर पहिलो किराती राजा यलम्बरको तस्वीर राखेका हुन् ।

मेयर साम्पाङले बुधबार नै आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएर यलम्बरको राख्ने घोषणा गरेका थिए ।

पहिलो किराती राजा यलम्बरले किरातीहरूको रहनसहन, व्यापारलगायत रीतिथिति, संस्कार र संस्कृति जोगाउन उल्लेख्य भूमिका निर्बाह गरेका थिए ।

अधिवक्ता ओमप्रकाश अर्यालले कुनै पनि प्रशासकीय कार्यालयमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर राख्नैपर्ने संवैधानिक बाध्यता भने नभएको बताएका छन् । ‘कुनै पनि प्रशासकीय कार्यालयमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर राख्नैपर्ने संवैधानिक बाध्यता छैन’, उनी भन्छन्, ‘चलनचल्तीका आधारमा कार्यालयहरुमा राष्ट्रपति, प्रधानमन्त्रीको तस्वीर राख्ने गरिएको छ । राख्नै पर्छ भन्ने त होइन ।’

यद्यपि, स्थानीय तहले विवादरहित ढंगमा काम गर्नुपर्ने उनको भनाइ छ ।


Last Updated on: December 28th, 2023 at 6:32 pm
२५०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया