शनिबार १२ साउन २०८१

काठमाडौँ, १३ पुस । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ ।

आज रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।

‘आन्दोलित युवाहरुको समूहले गाडीमा आगजनी गरेको हो । हामीले पाँच जना पक्राउ गरेका छौँ, मन्त्री ज्यूलाई प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पु¥याएको छ ।” कडायतले भने । ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए । तस्बिर स्रोत : सामाजिक सञ्जाल


Last Updated on: December 29th, 2023 at 2:10 pm
७१७ पटक हेरिएको

तपाईको प्रतिक्रिया