शनिबार १२ साउन २०८१

घरको ऋण शिरमा बोकेर विदेशको सपना देख्दै काठमाडौं गएका दैलेख महाबु गाउँपालिका २३ वर्षे सुजन राउतको ललितपुरको बालकुमारी घटनामा सदाको लागि अस्ताएका छन् । उनकाे ललितपुरकाे किस्ट अस्पतालमा उपचारकाे क्रममा निधन भयाे । सुजन आज बालकुमारीमा…

घरको ऋण शिरमा बोकेर विदेशको सपना देख्दै काठमाडौं गएका दैलेख महाबु गाउँपालिका २३ वर्षे सुजन राउतको ललितपुरको बालकुमारी घटनामा सदाको लागि अस्ताएका छन् । उनकाे ललितपुरकाे किस्ट अस्पतालमा उपचारकाे क्रममा निधन भयाे ।

सुजन आज बालकुमारीमा भएकाे प्रदर्शनमा सहभागी हुन पुगेका थिए । तर उनकाे प्रहरीकाे लाठी लागेर मृत्यु भयाे ।

उनी दैलेख जिल्ला महाबु गाउँपालिका–६ रानिवनका बुवा भक्त बहादुर राउत र आमा नन्दकुमारी कटुवाल राउतका जेठा छोरा हुन् । उनी २ महिनादेखि काठमाडौँ बसेर इपीएस परीक्षाको तयारी गरिरहेका थिए ।

गत वर्ष मात्रै बाबुको ब्रेन ट्युमरका कारण मृत्यु भएपछि सुजनमाथि घर चलाउने दायित्व थपिएको थियो । एक वर्ष अगाडि उनका बाबु भक्तबहादुर राउतको ब्रेन ट्युमरका कारण मृत्यु भएको थियो ।


Last Updated on: December 29th, 2023 at 8:25 pm
२३४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया