शनिबार १२ साउन २०८१

काठमाडौं – जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेसँगै प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले आज (शुक्रबार) लामिछानेलाई दोषी ठहर गरेको हो । अदालतले दोषी ठहर गरेसँगै प्रहरीले उनलाई पक्राउ गर्ने तयारी गरेको हो ।

अदालतको पूर्णपाठ प्राप्त भएपछि कानुन अनुसार लामिछानेलाई पक्राउ गर्ने नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताए । उनले भने, ‘अहिले अदालतको पूर्णपाठ आइसकेको छैन, पूर्णपाठ आएपछि कानुन अनुसार प्रहरीले पक्राउ गर्छ ।’

काठमाडौंदेखि नगरकोट गई फेरि काठमाडौं फर्किएर काठमाडौं होटल इनमा एकै कोठामा बसेको र करणी भएको देखिएको अदालतको आदेशमा उल्लेख छ। अदालतले पीडित भनिएकी गौशला-२६ लाई भने नाबालिग नरहेको ठहर गरेको छ। विभिन्न कार्यालयमा देखिएको तथ्यांकबाट पीडित नाबालिग नरहेको अदालतले ठहर गरेको हो ।


Last Updated on: December 30th, 2023 at 10:10 am
१४९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया