शनिबार १२ साउन २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले बालकुमारीमा दुई जनाको ज्यान जानेगरी भएको घटनाप्रति आपत्ति जनाउनुभएको छ ।

शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता भण्डारीले बालकुमारी घटनाप्रति आपत्ति जनाउनुभएको हो । नेता भण्डारीले यो देश कोरिया जान फर्म भर्न पाउँ भन्दा मर्नपर्ने देश हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले अहिले समाजमा असामाजिक गतिविधिहरु बढीरहेको बताउनुभयो ।

नेता भण्डारीले भन्नुभयो, ‘अहिले समाजमा के भइरहेको छ ? हिजोमात्रै बालकुमारीमा दुई जना बच्चा कोरियाको फर्म भर्न पाउँ भनेर आन्दोलन गर्दा दुर्घटनामा परी मृत्यु भएको छ । के यो देश कोरिया जान फर्म भर्न पाउँ भन्दा मर्नपर्ने देश हो ? प्रश्न यो हो । यति ठूलो जलश्रोत, प्रकृति, श्रोत र साधन छ । कुन ठाउँमा छ, हाम्रो संस्कृतिले आशुमा पनि मुस्कान दिन्छ ।’

नेता भण्डारीले देश चलाउने नेताले समयसँगै अपडेट हुन सिक्नुपर्ने बताउनुभयो ।


Last Updated on: December 30th, 2023 at 3:37 pm
३२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया