शनिबार १२ साउन २०८१

काठमाण्डौ। नेपाल प्रहरीले गोकर्ण हुनमान चोकबाट २४ हजार रुपयाँ बराबरको नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार एक हजार दरका नोटसहित काँडाघारी बस्ने ४० वर्षीया सरिता तामाङ पक्राउ परेको जनाएको छ।

नक्कली नोट कारोबार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। यस सम्बन्धमा थप अनुुसन्धान भइरहेको छ ।


Last Updated on: December 31st, 2023 at 8:56 am
६३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया