शनिबार १२ साउन २०८१

भारतीय गायक सनम पुरीले विवाह गरेका छन्।

बिहीबार उनले प्रेमिका जुचोबेनी तुंगोसँग विवाह गरेका हुन्। उनीहरूले क्रिश्चियन रितिरिवाज अनुसार विवाह गरेका थिए।

उनीहरूको विवाहको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। जुचोबेनी तुंगो पनि गायिका तथा मोडल हुन्। उनीहरूले सामाजिक सञ्जालमा एक-अर्काको तस्बिर पोस्ट गरिरहेका हुन्थे।

सनम पुरी हिन्दी कभर गीत सुन्ने धेरैका प्रिय गायक हुन्। पप-रक ‘सनम’ ब्यान्डका गायक सनमले बलिउडका नयाँ तथा पुराना गीतका कभरबाहेक बलिउड फिल्ममा ओरिजिनल गीतसमेत गाएका छन्।

उनले ‘हसी तो फसी’ र ‘स्टुडेन्ट अफ द इयर’ जस्ता चर्चित फिल्ममा गीत गाएका छन्।


Last Updated on: January 12th, 2024 at 5:46 pm
३८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया