२ माघ, काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलमा १ सय र चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ ।
मूल्य घटेसँगै मंगलबार छापावाल सुनको प्रतितोला १ लाख १९ हजार ४ सय, तेजावी सुनको मूल्य १ लाख १८ हजार ८५० र चाँदीको मूल्य १ हजार ४१५ रुपैयाँ तोकिएको छ ।
सोमबार छापावाल सुनको प्रतितोला १ लाख १९ हजार ५ सय, तेजावी सुनको मूल्य १ लाख १८ हजार ९५० र चाँदीको मूल्य १ हजार ४२० रुपैयाँ तोकिएको थियो ।