शनिबार १२ साउन २०८१

काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको परिवार जयवीरको बिहेको तयारीमा जुटेको छ ।

जयवीर देउवा र आरजुका एक्ला छोरा हुन् । उनको यही माघमा बिहे हुँदैछ । पारिवारिक स्रोतका अनुसार जयवीरको बिहे माघ २३ गते हुने छ । अहिले बिहेको तयारी जोडतोडका साथ चलिरहेको छ ।

उमेरले २८ कटिसकेका जयवीरले गत जेठ १ गते शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका थिए । इन्गेजमेन्ट समारोहमा दुवै परिवारका सदस्यहरू उपस्थित थिए ।

शिवाना पूर्वपरराष्ट्र सचिव केदारभक्त श्रेष्ठकी नातिनी तथा सञ्जीवभक्त श्रेष्ठकी कान्छी छोरी हुन् । केदारभक्त परराष्ट्र सचिवसँगै युरोपियन युनियन र अमेरिकाका लागि नेपाली राजदूत थिए ।

केदारभक्त परराष्ट्र सेवामा प्रवेश गरे पनि उनका दाइ इन्द्रभक्त उद्योगपति थिए । इन्द्रभक्तका छोरा रविभक्त नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत हुन् ।

जयवीर र शिवाना दुवै जनाको छुट्टाछुट्टै व्यवसाय छ । शिवाना सौन्दर्य सामग्री (ब्युटी-प्रडक्ट) को व्यापारमा छिन् । शिवाना कभर गायक पनि हुन् ।

उनीहरू दुवैको चिनजान पहिले नै भएको पारिवारिक स्रोतले बताएको छ । इन्स्टाग्राममा सक्रिय रहने शिवानाले बेलाबेला दुवैको फोटो राख्ने गरेकी छन् ।


Last Updated on: January 16th, 2024 at 2:47 pm
५५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया