शनिबार १२ साउन २०८१

काठमाडौँ – हामीमध्ये धेरै जनाको फोनलाई रातभर चार्जमा राख्ने बानी हुन्छ । यसरी फोन चार्जमा राखेर सुत्न बिहान उठ्दा फोन राम्रोसँग चार्ज भएको हुन्छ भन्ने लाग्छ।

तर तपाईँलाई थाहा छ यस्तो गर्दा के हुन्छ ? कि यसो गर्दा ब्याट्री खराब त हुँदैन ? ब्याट्रीको आयु त छोटिँदैन ? जस्ता प्रश्नहरू मनमा छन् ?

आज हामी वास्तविकता उजागर गर्ने प्रयास गर्ने छौँ ।

पहिलो कुरा त स्मार्टफोनहरूमा लिथियम आयन ब्याट्री प्रयोग गरिएको हुन्छ । त्यसमा पनि यसको त नाम नै ‘स्मार्टफोन’ । अर्थात शतप्रतिशत चार्ज हुने बित्तिकै, तपाईँको स्मार्टफोन चार्ज हुन बन्द हुन्छ।

यसको अर्थ ब्याट्रीको चार्ज सकिँदै गएपछि तल्लो सीमामा पुग्ने बित्तिकै स्वतः मोबाइल बन्द हुने भएकाले ओभर डिस्चार्ज समेत हुँदैन ।

फलतः हामी रातभर फोन चार्जमै छोड्नु गलत हो भन्न सक्दैनौ । तर तर कतिपय फोनहरू फास्ट चार्जका कारण धेरै तात्ने गर्दछन् र यदि तपाईँको चार्ज प्लगमा विद्युत् निरन्तर जाने आउने भइरहेको छ भने त्यसलाई अफ गर्नु नै उपयुक्त हुन्छ।

यस्तो समयमा राती हाई भोल्टेज आएको अवस्थामा फोन पड्किने र आगो लाग्ने सम्भावना रहन्छ। त्यस्तै छिनछिनमा चार्जमा जोड्ने र छुटाउने गर्दा ब्याट्रीको आयुमा नकारात्मक असर पर्न सक्छ ।

यसबाट बच्ने उपाय भनेको २० प्रतिशत ब्याट्री बाँकी छँदा मात्रै चार्जमा जोड्ने गर्नुस् र ८० प्रतिशत पुग्ने बित्तिकै चार्जरबाट छुटाउनुहोस् ।

ध्यान दिनुहोस् पुराना मोबाइलको हकमा आफै चार्ज बन्द हुने सुविधा थिएन । यही कारण ब्याट्री झिक्ने वाला फोन प्रयोग गर्नुहुन्छ भनेचाहिँ चिन्ता लिनु स्वाभाविक हो ।


Last Updated on: January 28th, 2024 at 8:53 am
९५० पटक हेरिएको

तपाईको प्रतिक्रिया