शनिबार २२ मंसिर २०८१

काठमाडौं- अभिनेत्री रेखा थापा यतिबेला अमेरिकामा छिन् । अभिनेत्री थापा बेबी प्लान सहित हाल अमेरिकामा बसिरहेकी अभिनेत्री थापाबारे सामाजिक सञ्जालमा मत विभाजित छ। ठूला सेलिब्रिटीले यस्तो निर्णय गर्दा समाजमा गलत सन्देश जाने भन्दै सामाजिक सञ्जालमा आलोचकहरू तर्क गरिरहेका छन्।

यो बहस तातिरहँदा रेखाले शनिबार साँझ एक्समार्फत देशको माया हुनेहरूले आफ्ना सन्तान नेपाल फिर्ता बोलाए हुने बताएकी छिन्। ‘देशको माया हुनेहरूले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्यो। अमेरिकामा किन राखेको ?’ उनले लेखेकी छिन्।

काठमाडौंमै फोटोसुट गराएर अमेरिका उडेकी राप्रपा नेतृ समेत रहेकी थापाको विषयमा शनिबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले समेत प्रसङ्ग उप्काएका थिए।

उनले रेखाप्रति नै संकेत गर्दै ‘एउटा महिलाले पहिलोचोटी प्राप्त गर्ने सन्तान यो धर्तीमा जन्माउन चाहँदैन’ भन्दै राष्ट्रियताको पक्षमा भाषण गरेका थिए। कतिपयले लिङ्देनको उक्त भाषणपछि रेखाको आक्रमक स्टाटस आएको बताएका छन्।

आफू चन्द्रमामै गए पनि कसैले टाउको दुखाउन नपर्ने तर्क गर्ने गरेकी थापाले अमेरिकामै बेबी प्लान योजना आफ्नो भन्दा पनि श्रीमानको अधिकार र रुचिमा भएको बताएकी छिन्।

बेबी प्लानका लागि अमेरिका श्रीमानको परिवारसँगै बसोबास गरिरहेकी थापाले केही दिन अघि अभिनेत्री थापाले प्रेगनेन्सी फोटोसुटका रोमान्टिक तस्वीर सार्वजनिक गरेकी थिइन् । यी तस्वीरमा रेखा र उनका श्रीमान् बलराम शाही प्रफुल्ल मूडमा देखिएका थिए ।


Last Updated on: January 28th, 2024 at 8:57 am
७३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया