शनिबार १२ साउन २०८१

काठमाडौं -धरानका मेयर हर्क साम्पाङले फिल्म अभिनयमा डेब्यु गरेका छन् । शनिबार बेलुका धरानमा छायांकन भैरहेको फिल्म ‘खजुरे ब्रो’मा साम्पाङको एक मिनेट लामो दृश्य छायांकन गरिएको छ ।

फिल्ममा उनलाई गेस्ट रोलमा देख्न सकिनेछ । धरानको विजयपुरमा भैरहेको छायांकन सेटमै मेयर साम्पाङ पुगेका थिए । फिल्मका मेयर साम्पाङको एक मिनेटजति केमियो रोल सुटिङ भएको छ । अभिनेता महेश त्रिपाठीका अनुसार फिल्ममा मेयर साम्पाङलाई मेयरकै भूमिकामा देख्न सकिने छ ।

फिल्ममा सुटिङपछि मेयर साम्पाङ उत्साहित देखिएको त्रिपाठीले जानकारी दिए । यो कमेडीलाई फिल्मलाई ‘षडङ्ग’ फेम्ड सुरज सुनुवारले निर्देशन गरिरहेका छन् । धरानकै वास्तविक पात्रको कथावस्तुमा फिल्म बन्न लागेको हो ।

यो फिल्मबाट पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहले पनि डेब्यु गर्दैछिन् । नीतिले छायांकन सेटबाट मेयर साम्पाङसँगका तस्वीर सेयर गरेकी छन् ।


Last Updated on: January 28th, 2024 at 9:02 am
५२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया