शनिबार १२ साउन २०८१

काठमाडौँ – गायिका रचना रिमाल सवार गाडी दाङमा दुर्घटनामा परेको छ । नेपालगञ्जबाट दाङको लमहीमा आयोजित महोत्सवमा सहभागी हुन जाने क्रममा उनी चढेको ना १६ च ८३४३ नम्बरको स्कार्पियोलाई मालवाहक ट्रकले ठक्कर दिएको हो ।

आज साँझ ५ बजेतिर दुर्घटना भएको तर गायिका रिमाललाई भने कुनै किसिमको चोटपटक नलागेको प्रहरीले जनाएको छ । गायिका रिमालले पनि दुर्घटनाबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफूहरू सबै सकुशल रहेकाे उल्लेख गरेकी छन् ।

उनका अनुसार गाडीमा सामान्य क्षति पुगेको छ । उनले गाडी दुर्घटनामा परेपछि लमही महाेत्सवमा आजकाे आफ्नाे प्रस्तुति स्थगित गरेर भाेलिका लागि सारेकाे जानकारी पनि दिएकी छन् ।


Last Updated on: January 28th, 2024 at 6:44 pm
२६६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया