शनिबार १२ साउन २०८१

धनगढीः डडेल्धुराका गोपालको घरमा यतिबेला ठूला बज्रपात परेको छ।

आमा र श्रीमतीको मृत्यु भएपछि गोपाल दियाललाई ठूलो आपत परेको छ। सासुबुहारीको अवसानबाट जिल्लावासी समेत चिन्तित बनेका छन्। वैदेशिक रोजगारीको शिलशिलामा कतार पुगेका गोपाल यता घरमा श्रीमती र आमाको मृत्युको खबरले निकै दुखित बनेका छन्। डडेल्धुराको अमरगढी नगरपालिका–१ मालममा दुःखद घटना घटेको हो।

२६ वर्षीय पुनम दियाल आइतबार राति घरको तल्लो कोठामा सुतेकी थिइन्। उनीसँगै ६० वर्षीया सासु धौलीदेवी दियाल थिइन्। दुबै जनाले कोठामा आगो बालेका थिए। तर दुवै जना बिहान ७ बजेसम्म नउठेपछि धौलीदेवीका नातीले ढोका ढकढक्याउन पुगेका थिए। भित्रबाट ढोका नखुलेपछि घरका अन्य सदस्यले ढोका फुटाएका थिए। भित्र सासुबुहारी बेहोस अवस्थामा पाएपछि डडेल्धुरा अस्पताल पुगाइएको थयो।

तर, अस्पतालका चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेपछि आफन्तहरु थप चिन्तित बन्न पुगेका छन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी कुसुम नायकले सासुबुहारीको निसासिएर मृत्यु भएको बताए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए। आमा र श्रीमतीको मृत्युको खबर पाएका गोपाल विदेशबाट घर फर्किदैछन्।


Last Updated on: February 5th, 2024 at 8:06 pm
६८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया