आइतबार १० आषाढ २०८१

पर्वतको कुश्मा नगरपालिका १२ ठुलीपोखरी घर भई स्कटल्यान्डको एबर्डिनमा बस्दै आएका दुई नेपाली दिदीबहिनीको आगलागीमा परेर मृत्यु भएको छ।

एबर्डिनको ब्याक हिल्टन रोडमा बस्दै आएका करिब २८ वर्षकी आँचल सुवेदी र २४ वर्षकी शिक्षा सुवेदीको सोमबार साँझ भएको आगलागीमा परेर मृत्यु भएको एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले जानकारी दिनुभयो ।

उनीहरु पोखरा युनिभर्सिटीका पूर्व प्राध्यापक डा.यज्ञप्रसाद सुवेदीका छोरी हुन्। डा. सुवेदी कुश्मा नगरपालिका १२ ठुलीपोखरी बाटुलेचौर निवासी हुन् । मृतकमध्ये दिदी आँचल इन्जिनियर थिइन् भने बहिनी शिक्षा आइटीकी विद्यार्थी थिइन्।

एबर्डिनस्थित नेप्लिज हिमालयन एशोसिएसन स्कटल्यान्डका अध्यक्ष डा.शिव तिवारीका अनुसार एउटै बिल्डिङको तल्लो फ्ल्याटमा आगो लागेपछि दोस्रो तल्लामा रहेका दिदी बहिनी आत्तिँदै भुईंतलामा झर्ने क्रममा धुवाको मुस्लोमा परेर निस्सासिएका थिए। उनीहरुको घटनास्थलमै मृत्यु भएको हो। drutakhabar.com


Last Updated on: February 5th, 2024 at 8:21 pm
४१६ पटक हेरिएको

तपाईको प्रतिक्रिया