शनिबार १२ साउन २०८१

एजेन्सी । सनातन धर्ममा वसन्त पञ्चमीका दिन देवी सरस्वतीको पूजा आराधनाको ठूलो महत्व छ । यस दिनलाई सरस्वती पञ्चमी पनि भनिन्छ । माघ शुक्ल पक्षको पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व माघ शुक्ल पञ्चमीका दिन मनाइन्छ ।

यस दिन देवी सरस्वतीको दर्शन भएको जनविश्वास छ । त्यसैले वसन्त पञ्चमीका दिन देवी सरस्वतीको पूजा गर्नाले बुद्धि, विवेक, ज्ञान र हरेक काममा सफलता प्राप्त हुने धार्मिक जानकारहरु बताउँछन्। यस पटक वसन्त पञ्चमी फागुन २ गते परेको छ।

ज्योतिषीय गणनाअनुसार यस पटकको वसन्त पञ्चमी रेवती, अश्विनी नक्षत्र र शुभ योगलगायत थुप्रै दुर्लभ संयोगमा मनाइनेछ । जसका कारण केही राशिका मानिसहरुलाई निकै फाइदा हुनेछ ।

मेष: शैक्षिक कार्यमा आउने अवरोध हट्नेछ। विवाह निश्चित हुन सक्छ। दाम्पत्य जीवनमा खुशीको वातावरण रहनेछ। मिहिनेतले फल दिनेछ । नोकरी तथा व्यवसायमा प्रगतिको अवसर मिल्नेछ ।

मिथुन: आर्थिक स्थिति बलियो हुनेछ। व्यावसायिक सफलता मिल्नेछ । व्यापार व्यवसायमा उन्नतिको अवसर मिल्नेछ । जीवनको हरेक क्षेत्रमा वांछित सफलता प्राप्त हुनेछ र सबै काम बिना बाधा पूरा हुनेछ।

वृश्चिक: नोकरी व्यवसायमा उन्नतिको नयाँ अवसर मिल्नेछ। जीवनसाथीबाट सहयोग मिल्नेछ । कामका बाधाहरु हट्नेछन् । माता सरस्वतीको कृपाले जागिरमा पदोन्नति वा मूल्याङ्कनको सम्भावना बढ्नेछ वा नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ।

मीन: पैसा सम्बन्धी समस्याबाट राहत मिल्नेछ। आम्दानीमा वृद्धि हुने सम्भावना छ । घरमा शुभ कार्यहरु आयोजना गर्न सकिनेछ । लामो समयदेखि रोकिएको रकम फिर्ता हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ । समय शुभ रहनेछ।


Last Updated on: February 5th, 2024 at 8:26 pm
१२८० पटक हेरिएको

तपाईको प्रतिक्रिया