शनिबार १२ साउन २०८१

काठमाडौँ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एअर प्रालिले प्रेम दिवसका अवसरमा एउटा टिकट किन्दा अर्को टिकट निःशूल्क दिने भएको छ ।

उक्त एअरले आगामी फागुन २ गते अर्थात् फेब्रअरी १४ तारिकका लागि उक्त निःशूल्क अफर ल्याएको बुद्ध एअरका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए । उनले भने, “प्रणय दिवस अफर अन्तरगत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट एक घण्टाको फ्लाईट हुने र हिमालयको दृष्य देखाएर पुःन काठमाडौँमै यात्रुहरुलाई ल्याइने छ ।

उक्त गन्तव्यको टिकटको मूल्य रु १३ हजार ९९९ रहेको र यस अन्तगर्त एक जना यात्रुले झयाल तथा अर्कोले बिना झयालको सिट सेयर गर्नु पर्ने बताइएको छ । टिकट बुद्ध एयरको जुनसुकै सेल्स काउन्टरबाट लिन सकिन्छ छ । उक्त अफर अन्तरगत बुद्ध एअरले गतवर्ष २६ लाख यात्रुलाई सेवा दिएको प्रवक्ता कर्णले बताए ।

उनका अनुसार बुद्ध एअरका कुल १७ जहाज रहेका छन् । जसअन्तरगत १४ वटा एटिआर ७२ तथा ३ वटा एटिआर ४२ जहाज मार्फत यात्रुलाई सेवा दिँईदै आइरहेको छ ।

प्रणय दिवसका दिन यात्रा गर्ने यात्रुलाई उक्त एअरले थप उपहार पनि दिने जनाएको छ । प्रणय दिवस अफर भनिएपनि उक्त अफर अन्तरगत जुनसुक्कैका यात्रुहरुले टिकट लिन सक्ने प्रवक्ता कर्णको भनाई रहेको छ ।


Last Updated on: February 5th, 2024 at 8:32 pm
१२६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया