शनिबार १२ साउन २०८१

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर सिंह विवाह बन्धनमा बाँधिएका छन् ।

उनले गायिका शिवानी श्रेष्ठसँग हिजो लगनगाँठो कसेका हो ।

उनको विवाहको विधि देउवा निवास बुढानीलकण्ठमै गरिएको छ। विवाह पार्टी भने भद्रकालीस्थित आर्मी अफिसर क्लबमा आगामी फागुन २ गते हुने छ।

यसैबिच विवाह समारोहमा आउँदा फूल माला, खादा र उपहार नल्याउन निम्तालुलाई देउवा परिवारले आग्रह गरेको छ।

भोज कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेता, उद्योगी, व्यापारी, कलाकार, पत्रकारसम्मलाई निम्ता गरिएको छ।


Last Updated on: February 5th, 2024 at 8:47 pm
१५११ पटक हेरिएको

तपाईको प्रतिक्रिया