शनिबार १२ साउन २०८१

काठमाडौं । काठमाडौंको प्रहरी प्रभाग, बलम्बुका इन्सपेक्टर राजन श्रेष्ठले पेस्तोल चलाउन नजान्दा कार्यालयभित्रै एक्कासी गोली चलेकाे छ । उनलाई जिम्मेवारीबाट हटाएर छानबिन अघि बढाइएको छ ।

उनले आइतबार कार्यालयभित्रै गोली चलाउँदा गोली लागेर प्रहरी जवानसहित दुइ जना घाइते भएका थिए । जिल्ला प्रहरी परिसर, काठमाडौंका डिएसपी गंगा पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । गोली जवानको खुट्टामा लागेको र उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । गोलीको झर्राले एक सेवाग्राहीकै औँलामा पनि चोट लागेको छ ।

हतियार चलाउने इन्सपेक्टरमा ज्ञान नहुँदा सो घटना भएको प्रारम्भिक निष्कर्ष छ ।

इन्सपेक्टर श्रेष्ठ आइतबार माइतीघरको डिउटीमा थिए । डिउटी सकिएपछि कार्यालयमा गई उनले नयाँ पेस्तोल बोक्न चाहेका थिए । आफ्नो साथमा रहेको टाईप ५४ पेस्तोल कार्यालयको जिन्सी शाखामा बुझाई अर्काे पेस्तोल मागेका थिए । जिन्सी शाखाले राउण्ड १५ समेतको १ थान म्यागजिनसहितको पेस्तोल उनलाई बुझाएको थियो । उक्त पेस्टोलको सेफ्टिक्याच आरमा भएको कक गरेर सेफमा लान खोज्दा सेफ नभएको र म्याग्जिन लगाएर कक गर्ने क्रममा अकस्मात फायर हुन गएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

पेस्तोलको नोजल भुईतर्फ फर्काई निरीक्षण चेकजाँच हुँदा पेस्तोल फायर भएको थियो । पेस्तोलमा प्रयोग हुने नौ एमएमको १ राउण्ड गोली मूल ढोका अगाडिको भुईमा रहेको मार्वलमा लागेको थियो । मार्बलबाट उछिट्टिएर ढोकासंगै रहेको डिउटी अधिकृत कक्षको टेवलको बारमा लागी फर्किएर इन्सपेक्टरका अंगरक्षक प्रहरी जवानको बाँया खुट्टाको घुडाँमुनी लागेको थियो । साथै गोलीको छर्रा डिउटी अधिकृत कक्षसंगै रहेका एक सेवाग्राहीको खुट्टाको बुढी औंलामा लागी सामान्य घाइते भएका हुन् । कमजोर कार्यक्षमताका इन्सपेक्टरलाई कार्यालय प्रमुखको जिम्मेवारी दिदा सो घटना भएको एक प्रहरी अधिकारी बताउँछन् ।


Last Updated on: February 19th, 2024 at 2:00 pm
४२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया