शनिबार १५ बैशाख २०८१

दक्षिण भारतीय अभिनेता महेश बाबुकी श्रीमती नम्रता शिरोडकरले बलिउड फिल्मबाट आफ्नो अभिनय यात्रा सुरू गरेकी थिइन्।

उनले सञ्जय दत्तलगायत थुप्रै बलिउडका कलाकारसँग काम गरेकी छन्। आफ्नो फिल्मी करिअरको उचाइमा उनले फिल्म क्षेत्र छाड्ने निर्णय लिएकी थिइन्।

सन् २००५ मा महेश बाबुसँग विवाह गरेपछि उनले फिल्म क्षेत्र छाडेकी हुन्। केही समयअघि उनले फिल्म क्षेत्र छाड्नुको कारण बताइकी थिइन्।

भारतीय सञ्चारमाध्यम बलिउड हंगामाका अनुसार नम्रताले आफ्नो श्रीमान् महेश बाबुको कारण फिल्म क्षेत्र छाडेकी हुन्।

‘महेशले स्पष्ट रूपमा भनेका थिए कि उनलाई काम गर्ने श्रीमती चाहिँदैन। यदि म कुनै अफिसमा काम गर्थें भने पनि उनले काम छाड्न लगाउँथे,’ उनले भनिन्।

विवाहपछि आफूले कुनै काम नगरेको बताउँदै नम्रताले भनिन्, ‘हामीले विवाह गरेपछि अपार्टमेन्टमा बस्ने निर्णय गरेका थियौं किनकी म मुम्बईबाट थिए। एक्कासी ठूलो बंगलामा फिट हुन गाह्रो हुन्थ्यो। विवाह पहिले उनको सर्त काम फिल्म छाड्ने थियो भने मेरो सर्त हैदराबादको अपार्टमेन्टमा रहने थियो। हामी दुवै निकै स्पष्ट थियौं। त्यसैले मैले विवाहअघि नै सबै फिल्मको छायांकन सकेको थिएँ।’

नम्रताले ‘हेरा फेरी, वास्तव, अन्जी, मेजर, पुकार, कच्चे धागे, जब प्यार किसी से होता हे, हिरो हिन्दुस्तानी, हेल्लो इन्डिया’ जस्ता थुप्रै फिल्ममा अभिनय गरेकी छन्।


Last Updated on: February 19th, 2024 at 6:34 pm
२६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया