शनिबार १२ साउन २०८१

काठमाडौं । हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’की श्रीमती सुम्निमा खालिङले पतिबाट आफू अन्यायमा परेको गुनासो गरेकी छन्। पवनले आफूलाई श्रीमतीका रूपमा घरमा पनि नराखेको र डिभोर्स पनि नदिएको आरोप उनले लगाएकी हुन्।

सुम्निमाले पवन परस्त्रीसँग सम्बन्धमा रहेको आरोप लगाएकी छन्। पवनकी प्रेमिका गर्भवतीसमेत रहेको सुम्निमाको दाबी छ। सुम्निमाले अदालतमा न्याय माग्न जानुअघि आफूलाई धोका दिनुको कारण भन्नुपर्ने अडान लिएकी छन्। ‘मेरो बारेमा त्यस्तो केही छ भने बाहिर ल्याउनुपर्‍यो। म हुँदाहुँदै उसले एक केटीलाई गर्भवती बनाएको भिडिओ बाहिर आएको छ। त्यो के हो’, उनी भन्छिन्, ‘अब अदालत जानुअगाडि मलाई यस विषयमा क्लियर चाहियो।’

केही समयअघि सुम्निमा र पवनको घरझगडाको विषय प्रहरीसम्म पुगेको थियो। प्रहरीमा दुवैबीच एकअर्कालाई तनाव नदिने सहमति भएको थियो। सुम्निमाले भने आफ्नो पीडा बाहिर ल्याएरै छाड्ने बताएकी छन्। यता पवनले भने आफूविरुद्ध खेल भइरहेको आरोप लगाएका छन्। मुखभरि घाउ लिएर अन्तर्वार्ता दिएका पवनले श्रीमती सुम्निमा र केही अभियन्ताले आफूलाई कुटपिट गरेको दाबी गरेका छन्।

पवनले पत्नी सुम्निमा अन्यायमा परेको भए न्यायका लागि अदालत जानुपर्ने तर्क गरेका छन्। भन्छन्, ‘अदालतमा सबै प्रमाण लिएर आउन तयार छु। अढाई वर्षदेखि आफू श्रीमतीबाट पीडित भएको पवनको दाबी छ। पवन भन्छन्, ‘सुम्निमाले आरोप लगाएअनुसारका गल्तीका प्रमाण भेटिएको खण्डमा सजाय भोग्न तयार छु।’

छलफलका क्रममा प्रहरीले सुम्निमा र पवनलाई न्यायका लागि अदालत जान सुझाव दिएको थियो। त्यसपछि आफूले सुम्निमालाई अदालतमा मुद्दा हाल्न भनेको तर उनी नमानेको पवनको दाबी छ। सम्बन्ध विच्छेद गर्न सुम्निमाले आफूलाई परस्त्रीसँग सम्बन्धमा रहेको झुटो लाञ्छना लगाएको पवनको आरोप छ। उनले आफू १ वर्षदेखि श्रीमतीसँग नबसेको दाबी पनि गरेका छन्। कलाकार खतिवडाले सिक्किमकी सुम्निमा खालिङ राईसँग २०७८ असोजमा अन्तरजातीय विवाह गरेका थिए।’


Last Updated on: February 22nd, 2024 at 8:26 am
९३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया