शनिबार १२ साउन २०८१

काठमाडौँ– कलाकार पवन खतिवडा ‘म्याकुरी’ले श्रीमती सुम्निमा खालिङले लगाएको घरेलु हिंसाको आरोप खण्डन गरेका छन् ।

उनले आज साँझ पत्रकार सम्मेलन गरी आफू नै उल्टै श्रीमतीबाट पीडित भएको दाबी गर्दै घरेलु हिंसाको आरोप खण्डन गरेका हुन् ।

श्रीमती सुम्निमाले अर्को युवतीलाई गर्भवती बनाएको भनेर लगाएको आरोपमा कुनै सत्यता नभएको समेत उनले बताए । उनले भने, ‘हामी विवाह हुँदादेखि बच्चाको योजनामा थियौं । बच्चा नभएपछि बानेश्वरको एक अस्पतालमा जाँच गर्दा मेरो शुक्रकिटमा समस्या देखियो । मैले औषधि पनि सेवन गरेको थिएँ ।’

सुम्निमासँग आफूसँग सम्बन्ध विच्छेद मागेको कुरा स्वीकार्दै पवनले भने, ‘दुईबीच अनावश्यक कलह बढेपछि छुटिने मनस्थितिमा पुगेको र कानुनी प्रक्रियामा थियौँ ।’ मामा साइनो लगाएर अन्य पुरुषसँग निकट भएको थाहा पाएपछि आफूले डिभोर्स मागेको पवनको जीकिर छ ।

सुम्निमाले मदिरा खाएर झगडा गर्ने, आफूलाई आक्रमण गर्ने, मदिरामा खाएर घर–टोलमा झै झगडा गर्न थनलेपछि सुधार केन्द्रमा लगेको उनले बताए । उनले भने,

‘सुधार केन्द्रले पनि उनलाई सुम्निमा राख्न सकेनौं निकाल्नु पर्‍यो भनेर फोन गरेको थियो ।’

भिडिओ हेर्नुहोस्


Last Updated on: February 22nd, 2024 at 6:12 pm
३०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया