शनिबार १२ साउन २०८१

बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले जेलबाहिरै बसेर मुद्दा लड्न अनुमति पाएका छन् ।

उच्च अदालत पाटनले बिहीबार उनलाई जेलबाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न पाउने अनुमति दिएको उच्च अदालतका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए ।

काठमाडौं जिल्ला अदालतले सन्दीपलाई बलात्कार मुद्दामा दाेषी ठहर ठहर गर्दै आठ वर्ष कैद सजाय तोकेको थियो । त्यस फैसलामा चित्त नबुझाउँदै सन्दीपले उच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराएका हुन् ।


Last Updated on: February 22nd, 2024 at 6:24 pm
३०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया