शनिबार १२ साउन २०८१

विश्वका सबैभन्दा अग्ला ४१ वर्षीय व्यक्ति टर्कीका सुल्तान कोसेनले मंगलवारका दिन विश्वकै सबैभन्दा होचि ३० वर्षीया महिला भारतकी ज्याती अमागेसंग भेटघाट गरेका छन् । सुल्तानको उचाई आठ फीट २ दशमलव ८ इञ्च छ भने ज्योती दुई फिट सात इञ्च अग्ली छिन् ।

दुबैको यो दोस्रो पटकको भेटघाट क्यालिफोर्नियामा भएको हो । योभन्दा पहिला दुबैले सन् २०१८ मा भेटघाट गरिसकेका थिए । मंगलवार भएको भेटघाटपछि दुबै फोटो सेशनमा सहभागि भए ।दुबैको नाम गिनीज बुक अफ वर्ल्ड रेकर्ड्समा दर्ता भएको छ । द इन्डिपेन्डेन्टका रिपोर्टका अनुसार २००९ मा सुल्तानको नाम संसारका सबैभन्दा अग्लो पुरुषको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता गरिएको थियो । त्यसपछि अहिले उनको उचाई दुई इन्च अझ बढेको छ । सुल्तान पेशाले किसान हुन् । उनी टर्किस भाषाबाहेक अन्य भाषा बोल्न सक्दैनन् ।

आफ्नो कुरा संसारसम्म पुर्याउनका लागि उनलाई ट्रान्सलेटरको आवश्यकता पर्छ । ज्योती भने हिन्दी, मराठी र केहि हदसम्म अंग्रजी बोल्न सक्छिन् । क्यालिफोर्नियामा सुल्तान र ज्योतिले संगै ब्रेकफास्ट गरेर केहि समय सञ्चार माध्यमका लागि फोटो सेशनमा पोज दिए । यो भन्दा पहिला दुबैको इजिप्टमा भएको थियो । त्यो समयमा उनीहरुले एउटा फोटो खिचाएका थिए ।

सुल्तान कसरी यति अग्ला भए ?- मेडिकल साइन्सको हिसाबले सुल्तानको उचाई समान्य होइन । मेडिकल टर्ममा उनी एक्रोमेगले रोगले पीडित छन् । यो रोग पिट्यूटरी ग्ल्यान्डमा ट्यूमरका कारणले हुन्छ । यो ट्यूमरले ग्रोथ हार्मोन सामान्य हुँदैन र जब यसको ब्यालेन्स बिग्रन्छ, तब गिवेनेटिज्म प्रोसेस हुन्छ । यहि कारणले उचाई सामान्य हुनुको साटो तिव्रताका साथ बढ्छ ।

२०११ मा सुल्तान भर्जीनिया यूनिभर्सिटीको मेडिकल सेन्टर पुगेका थिए । त्यहाँ उनको उपचार भयो र पछि उनको उचाई बढ्न बन्द भयो । सुल्तानको नाडीबाट माझि औंलाबीच ११।२२ इन्चको अन्तर रहेको छ । उनको नाम संसारको सबैभन्दा ठूलो हत्केला भएको व्यक्तिको रुपमा पनि रेकर्ड छ । यसबाहेक उनको खुट्टाको पञ्जा पनि सबै भन्दा ठूलो छ । खुट्टको लम्बाई १ फीट २ इन्च छ । ज्योतीको लम्बाई सुल्तानको लम्बाईको एक चौथाई छ । सुल्तानको जुत्ताको लम्बाई झन्डै ज्योतीको हाइट बराबर छ । जुन कुरा फोटोमा देख्न सकिन्छ ।

ज्यातीको उचाई सामान्य किन छैन ?– ज्याती अमागे कलाकार हुन् । उनको उचाई २.७ फीट छ । मेडिकल टर्मका अनुसार कुरा गर्ने हो भने ज्याती एकन्ड्रोप्लासिया नामक रोगबाट पीडित छिन् । यो रोग उचाई नबढ्नेसंग सम्बन्धित विशेष रोग हो । ज्यातीले १६ डिसेम्बर २०११ मा १८ औ जन्मदिन मनाएकी थिइन् । यहि दिन उनको नाम गिनीज बुक अफ वर्ल्ड रेकर्डमा संसारको सबैभन्दा होचो महिलाको रुपमा दर्ता गरिएको थियो । २०१४ मा ज्योती अमेरिकी टेलिभिजन शोमा पनि देखिसकी छिन् । २०१८ मा इजिप्ट टूरिज्म प्रमोशन बोर्डले उनलाई एउटा इभेन्टका लागि सुल्तानका साथ निमन्त्रित गरेको थियो ।


Last Updated on: February 22nd, 2024 at 6:30 pm
६०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया